रुकुमपूर्वमा अझै पुुगेन पाठ्यपुस्तक, पठनपाठन प्रभावित

रुकुम पूर्व | जेठ २०, २०७९

रुकुमपूर्वमा अझै पुुगेन  पाठ्यपुस्तक, पठनपाठन प्रभावित

रुकुमपूर्वमा      रुकुमपूर्वमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठनपाठन प्रभावित बन्न पुगेको छ ।

 

जेठ पहिलो साताबाटै नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । जेठ सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नै नआएपछि अधिकांश विद्यालयमा विद्यार्थीहरुको पठनपाठन प्रभावित बन्न पुगेको हो । 

 

रुकुमपूर्वमा ११६ सामुदायिक विद्यालय छन् । जिल्लामा अहिलेसम्म कक्षा १ देखि ३ सम्मको किताबमा पूर्ण रुपमा रुकुमकोटमा आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई रुकुमपूर्वका प्रमुख तिलक गौतमले जानकारी दिनुभयो । रुकुमकोट आएका यी सबै किताब अर्को सातासम्ममा सबै विद्यालयमा पुर्याइसक्ने पाठ्यक्रम खरिद डिलरले जानकारी गराएको उहाँले बताउनुभयो । कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक भने अपुरो आएको छ । 

 

रुकुमपूर्वमा विद्यार्थी सङ्ख्या २० हजारको हारहारीमा छ । तर, किताब भने न्यून मात्रामा आएको छ । आएको किताब पनि अपुरो आएको सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख मङ्गलसिंह बुढाले बताउनुभयो ।

 

अहिले कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक नै परिवर्तन भएर आएको छ । नयाँ किताब गाउँपालिकाको कुनै पनि विद्यालयमा नपुगेको उहाँले बताउनुभयो । विद्यालयमा अहिले पुराना किताबबाटै पठनपाठन सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख बुढाले बताउनुभयो । 

 

भूमे गाउँपालिकामा पुरानै किताबाट पठनपाठन भइरहेको शिक्षा शाखा प्राविधिक सहायक टेकबहादुर बुढाले बताउनुभयो । कक्षा ४, ७ र ९ को भने पाठ्यपुस्सतक नै चेन्ज भएको कारण पठनपाठन हुन नसकेको उहाँले बताउनुभयो । विद्यार्थीहरू भने विद्यालयमा आइरहेका छन् ।

 

गाउँपालिकामा पनि केहि विद्यालयमा पुरानै किताबबाट पठनपाठन सञ्चालन भइरहेको छ भने कतिपय विद्यालयमा किताब आको छैनन् भनेर शिक्षक घरतिर बसेको गाउँपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले बताउनुभयो ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्